२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

१९ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

१९ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज मंसिर १९ गते १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेकाे हाे ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल पुस १९ गते परिपक्व हुने छ। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल फागुन २३ गते परिपक्व हुने छ। त्यस्तै १८२ दिनका लागि १० अर्ब रुपैयाबराबरको ट्रेजरी बिल जारी गर्नेछ। षाे ट्रेजरी बिल २०८० जेठ २३ गते परिपक्व हुनेछ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : December 5, 2022 at 10:29 am