२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

मूल्य समायोजनपछि सानिमा बैंकको सेयर मूल्य २४७.१८ रुपैयाँ पुग्यो

१९ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि बैंकको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो । अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। नयाँ मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : December 5, 2022 at 9:21 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/