२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रदेश राजधानी सार्न हतार नगर्न एमाले रुपन्देहीकाे आग्रह

१८ मंसिर, रूपन्देही । नेकपा एमाले रुपन्देहीले अस्थायी संरचनामा लुम्बिनीका मन्त्रालय सार्न थालेको भन्दै विरोध गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अस्थायी संरचनामा सार्न थालेको भन्दै एमालेले विरोध जनाएकाे हाे ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हुन् ।

काम चलाउ सरकारले सस्तो लोकप्रियता आर्जन गर्नका लागि मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त रोकी आगामी नयाँ सरकार र संसदको अधिकार क्षेत्रमासमेत हस्तक्षेप नगर्न एमालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १३:३६