२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कांग्रेस प्रवक्ता प्रकाशशरण महत किन भेट्दैछन् नेताहरूलाई ?

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका थिए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी भएका थिए ।

पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुन् । उनले यसअघि कांग्रेस नेता डा.शेखर काेइरालालाई उनकै निवास पुगी सांसद विजयी भएकाेमा बधाई दिएका थिए । महत आफैं भने याे निर्वाचनमा उठेनन् । उनी समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीकाे पहिलाे नम्बरमा छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १३:१३