७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : शेखर कोइराला

१५ मंसिर, मोरङ । कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।

कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भने उनले केही खुलाएनन् ।गठबन्धन दलले कांग्रेस नेतृत्वमा संयुक्त सरकार बनाउने बताएका उनले उक्त सरकारको नेतृत्व कुन नेताले गर्ने भन्ने विषयमा आन्तरिक छलफलपछि मात्र थाहा हुने बताए ।

कांग्रेसको संसदीय दलको नेता को भन्ने चासो आमचासो बढेको छ । सभापति शेरबहादुर देउवा, गगनकुमार थापासहितका नेता दलको नेता बन्ने दौडमा देखिन्छन् । तर, कोइरालाले भने पार्टीभित्र छलफल गरेर टुंगोमा पुगिने बताए ।

प्रकाशित मिति : December 1, 2022 at 5:26 pm