९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

तीन विकास बैंकले घोषणा गरे लाभांश, कुनको बोनस र नगद कति ?

१५ मंसिर, काठमाडौं । हालसम्म तीन विकास बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट सेयरधनीहरुलाई तीन विकास बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गर्ने बैंकहरूमा गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।

१) शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त बैठकले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

२) लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरणा गरिने बैंकले जनाएको छ।

३) गरिमा विकास बैंक

गरिमा विकास बैंकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १०.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित मिति : December 1, 2022 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/