१ अर्ब ५३ कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
१४ मंसिर, काठमाडाैं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको साे रकम ३६६ दिनका लागि (२०७९ साल पुस १ गतेदेखि २०८० साल मंसिर ९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले जनाएकाे छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब २२ कराेड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २२ कराेड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ कराेड ६५ लाख रुपैयाँ गरी कूल एक अर्ब ५३ कराेड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले मंसिर १८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १३:३३












