२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

निर्वाचनको परिणामपछि देश दक्षिणपन्थी बाटोमा जान सक्छः माधव नेपाल

१३ मंसिर, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताएका छन् ।

मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा गठबन्धन दलहरुसँगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाई छ । त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने बिषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिए ।  त्यस्तै निर्वाचनको परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उनले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १६:३१