२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

१३ मंसिर, काठमाडौं । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् ।

विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १३:०९