९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

नियम उलंघन गर्ने ९ बैंकलाई राष्ट्र बैंकको कारवाही, कुन कुन बैंक परे ? (सूचीसहित)

१३ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेकाे भन्दै विभिन्न ९ बैंकहरूलाई कारवाही गरेकाे छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उलंघन गर्ने ९ बैंकहरू  कारवाहीमा परेका जनाएकाे हाे।

कृषि विकास बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, प्राइम बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल बैंक र मेगा राष्ट्र बैंककाे कारवाहीमा परेका हुन् ।

सनराइज र मेगा बैंकलाई राष्ट्र बैंकले विभिन्न ३ शीर्षकमा, बैंक अफ काठमाण्डूलाई विभिन्न २ शीर्षकमा र अन्य बैंकलाई भने एउटा शीर्षकमा कारबाही गरेको छ।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको छ।

राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको २० लाख रुपैयाँ जरिवाना गरेको छ। यस्तै बैंक अफ काठमाण्डूलाई राष्ट्र बैंकले तोकेअनुसारको विपन्न वर्ग क्षेत्रमा कर्जा लगानी नगर्दा २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा नगद जरिबाना गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।

यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे सूचना

प्रकाशित मिति : November 29, 2022 at 12:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/