७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

जनताले मिलेर जान भनेका छन सोही अनुसार गछौंः सुवास नेम्वाङ

१२ मंसिर, काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे ।

उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिनु पर्ने बताए । उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’

प्रकाशित मिति : November 28, 2022 at 3:43 pm