६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

छुट्ला है ! २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ मंसिर, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते साेमबार अन्तिम दिन रहेको छ। बैंककाे २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि मंसिर १३ गते मंगलबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १०:०५