९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

सेञ्चुरी बैंकको कारोबार फुकुवा, साेमबारबाट सेयर किनबेच हुने

११ मंसिर, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार फुकुवा गरेकाे छ ।

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार आज मंसिर ११ गते आइतबारदेखि फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । नेप्सेले फुकुवा गरेसँगै अब भोलि मंसिर १२ गते सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबारमा आउने छ।

धितोपत्र बोर्डले गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइसकेकाे छ । सो निर्देशिका अनुसार अब मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोकिनेछ । निर्देशिका लागू हुनुअघि मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर सम्बन्धित निकायको सिफारिसमा नेप्सेले तत्काल खोल्नुपर्ने व्यवस्था गर्न पनि निर्देशिकामा गरिएको छ। त्यसैले अहिले मर्जर प्रक्रियाका कारण कारोबार बन्द रहेका कम्पनीहरुको पनि धमाधम कारोबार फुकुवा भइरहेकाे छ ।

मर्जर प्रयोजनका लागि यसअघि रोक्का रहेको कुमारी बैंक, सिभिल बैंक, मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक तथा आएमडीसी र साना किसान विकास लघुवित्तको सेयर कारोबार फुकुवा भइसकेको छ।

प्रकाशित मिति : November 27, 2022 at 4:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/