निफ्राको वार्षिक साधारणसभाबाट लाभांश पारित
११ मंसिर, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा सम्पन्न भएको छ ।
सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्तावसमेत सभाबाट सर्वसम्मतिले अनुमोदन भएको छ।
त्यस्तै सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गर्नुका साथै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ ।
साधारणसभाबाट पारित भइसकेकाे गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरिएको नगद लाभांश तुरुन्तै सेयरधनीहरुको खातामा पठाउन सूरु गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ०९:२८












