२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

यी हुन् चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार (नामावलीसहित)

९ मंसिर, काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ ।

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार

शेर बहादुर देउवा – डडेल्धुरा

पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १

विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १

मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २

शेखर कोइराला – मोरङ क्षेत्र नं ६

रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २

हृदयराम थानी – सुर्खेत क्षेत्र नं २

देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४

रामहरि खतिवडा – ओखलढुङ्गा

राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १

रमेश रिजाल – पर्सा क्षेत्र नं ४

संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १

शंकर भण्डारी – तनहुँ क्षेत्र नं २

रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३

श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १

विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १

किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३

दिलेन्द्रप्रसाद बडू – दार्चुला

अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२

नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर क्षेत्र नं२

शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १

वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४

दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३

रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १

दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २

खमबहादुर गर्बुजा – म्याग्दी

उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १

पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २

गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४

दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २

रामकृष्ण यादव – धनुषा क्षेत्र नं २

मोहन आचार्य – रसुवा

प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५

राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०

सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३

प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १

योगेश गौचन थकाली – मुस्ताङ

टेकबहादुर गुरुङ – मनाङ

चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १

डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५

एमालेबाट विजयी उम्मेदवार

केपी ओली – झापा क्षेत्र नं ५

योगेशकुमार भट्टराई – ताप्लेजुंग क्षेत्र नं १

राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं १

मानवीर राई – सोलुखुम्बु क्षेत्र नं १

अम्बरबहादुर रायमाझी– उदयपुर क्षेत्र नं २

रामशंकर यादव – सिराहा क्षेत्र नं १

जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३

हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३

अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १

राजकुमार गुप्ता– पर्सा क्षेत्र नं ३

प्रेमबहादुर महर्जन– ललितपुर क्षेत्र नं २

मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १

विद्या भट्टराई– कास्की क्षेत्र नं १

दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १

पदम गिरी – पर्वत क्षेत्र नं १

गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २

टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १

सूर्यबहादुर थापा क्षेत्री – प्युठान क्षेत्र नं १

सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं १

दामोदर भण्डारी – बैतडी क्षेत्र नं १

कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९

गोकुलप्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं २

महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २

पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १

छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १

तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं १

बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १

वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १

देवराज घिमिरे – झापा क्षेत्र नं २

लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४

ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३

वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५

बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १३:३७