चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन
२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको छ । अर्थमन्त्रालयमा अाज आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व संकलन भएको जानकारी गराएका हुन् । गत वर्षको तुलनामा याे वर्ष ३७ प्रतिशतले बढी राजश्व संकलन भएको हाे ।
भदौ मशान्तसम्मको अवधिमा १ खर्ब ३ अर्ब बजेट खर्च भएको छ । अर्थमन्त्री खतिवडाका अनुसार चालु आर्थिक वर्षको २ महिनामा चालुतर्फ ९६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ भने पूँजीगततर्फ भने ६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । गत वर्ष चालु भन्दा पूँजीगत खर्च धेरै भएको अर्थमन्त्री खतिवडाले बताए ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १४:२४