२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सुनसरी-२ एमालेका उम्मेदवार भीम आचार्यकाे अग्रता, पछि पर्दै रास्वपाका थापा

८ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई १५९ मतले पछि पार्दै आचार्यले अग्रता कायम गरेका हुन् ।

आचार्यले ११ हजार ६२ मत ल्याउँदा लालविक्रमले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार ४०३ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:११