२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादीका गोम्बु शेर्पा विजयी

८ मंसिर, सोलुखुम्बु । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र०का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन् ।अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो । पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत थिए । दुई वटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:०५