२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह निर्वाचित

८ मंसिर, सिरहा । सिराहामा जनमत पार्टीले खाता खोलेको छ। सिराहा ४ (क) मा प्रदेशसभा सदस्यमा जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन्। साहले माओवादी केन्द्रका महेन्द्र पासवानलाई एक हजार १४६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

साहले ८ हजार २२९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका प्रकाश महासेठ ६ हजार ८७८ मत ल्याएर तेस्रो स्थानमा सीमित भए । सिराहा ४ (ख) मा पनि जनमत पार्टीका संजय सिंहले अग्रता कायम राखेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:४५