२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कैलाली-३ प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

७ मंसिर, अतरिया । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएको छन् ।

साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएकाे हो । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका छन् ।

धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरेका छन् ।  प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १४:२५