२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङले बढाए मतान्तर, पछि पर्दै देव गुरुङ

७ मंसिर, लमजुङ  । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ ।क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् । कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति : November 23, 2022 at 10:07 am