फेरि बढ्यो पेट्रोलिय पदार्थको मूल्य, कुनमा कति बृद्धि ? (मूल्य सूचिसहित)
१ असोज, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा सोमबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धी गरेको छ । निगमका निर्देशक समेत रहेका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्राेलकाे मूल्य ११४ रूपैयाँ तथा डिजेल र मट्टितेलको १०१ रूपैयाँ कायम भएको छ । निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार २३:४२