३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

उदयपुरको राैतामार्इमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

१ असोज, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेड प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन ।

रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए ।  रौतामाई शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार २१:४६