९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

१४ करोडको लगानीमा निर्मित भरतपुरकाे तरकारी बजार सोमबारदेखि सञ्चालन

१ असोज, चितवन । १४ करोडको लगानीमा निर्मित भरतपुरकाे तरकारी बजार सञ्चालनमा अाएकाे छ । नारायणगढमा व्यापारीहरुले निर्माण गरेको तरकारी बजार सोमबारदेखि सञ्चालनमा आएको छ । बर्षौदेखि लायन्सचोकमा तरकारी तथा फलफूलको ब्यापार गर्ने व्यापारीहरु बाजा गाजा बजाउँदै त्यहाँबाट बिदा भएर भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा बनेको नयाँ तरकारी बजारमा सरेका छन् ।

लायन्चोकको तरकारी बजार साँघुरो र जोखिमपूर्ण भएकाले अर्को फराकिलो बजार निर्माण बताइएकाे छ । तरकारी बजारमा दुई रेष्टुरेण्ट, शौचालय, तथा खानेपानीको समेत व्यवस्था छ । किसानले आफ्नो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउनेछन् । किसानका लागी १४ वटा सटर निशुल्क उपलब्ध गराइने बताइएकाे छ ।

उक्त तरकारी बजारमा १६४ वटा सटर रहेको थियो भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा स्टल छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुखुरा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा सटर रहने छन् । २०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ । नयाँ बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १६:५२