काठमाडौं १ मा कांग्रेसका सिंहको अग्रता कायमै, पछ्याउँदै रवीन्द्र मिश्र
५ मंसिर, काठमाडौं । काठमाडौं १ मा सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाअनुसार उनले २१४० मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले १७७२ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा एमालेका किरण श्रेष्ठ रहेका छन् ।
उनले १५९० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले पनि १२ सय ४० मत पाएका छन् ।
प्रकाशित मिति : November 21, 2022 at 3:49 pm









