माछापुच्छ्रे बैंकले असोज महिनाभर बैंकका सबै शाखामा माछापुच्छ्रे महोत्सव गर्ने
१ असाेज, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरू गरेकोे १८ वर्ष पूरा गरी १९ आैँ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा असोज महिनाभर आफ्ना सम्पूर्ण शाखामा माछापुच्छ्रे महोत्सव सञ्चालन गरिरहेको छ । १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा माछापुच्छ्रे बैँकका सम्पूर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभूति गराउने बताएको छ ।
महोत्सवलाई मध्यनजर गर्दै ग्राहकलाई निःशुल्क डेबिट कार्ड इन्स्ट्यान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा ५०% छुट, माछापुच्छ्रे क्रेडिट कार्डमा ५०% छुट र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरू पनि प्रदान गर्ने बैंकले बताएको छ ।
बैंकले महोत्सव असोज महिनाभर जारी रहने बताएको छ । बैंकले सर्वसाधारणलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाको लाभ लिन आह्वान गरेको छ । पोखराबाट २०५७ सालमा बैंकिङ कारोबार शुरू गरेको बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउन्टर, २८ वटा शाखारहित सेवा लगायत ९९ वटा एटीएमबाट देशभरका ५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १६:१८