३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

परिणाम एमालेको पक्षमा आउँछ: ईश्वर पोखरेल

४ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताउनुभयो । आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गर्नुभएको हो ।

निर्वाचित भएपश्चात् काठमाडौँ क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उहाँले बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा कूल ७० हजार नौ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कूल १५ वटा वडा समेटिएका छन् । प्रदेशसभा १ तर्फ काठमाडौँ महानगर–२, ४ र ५ पर्दछन् । प्रदेशसभा २ तर्फ काठमाडौँ महानगर–३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:५०