२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

चुनावमा चन्द विप्लव नेतृत्वको नेकपा चुनौती, जिल्ला जिल्लामा अवरोध

४ मंसिर, काठमाडौं ।  जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् ।

विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।

बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।

प्रकाशित मिति : November 20, 2022 at 10:36 am