६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बाेलायाे साधारण सभा, बुकक्लाेज कहिले ?

२ मंसिर, काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे हिजाे मंसिर १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे ३६औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग सहभागि हुन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ११:४९