६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

प्रभु बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

२ मंसिर, काठमाडाैं । प्रभु बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे हिजाे मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार ११:३२