६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

एकै दिनमा ३ अर्बले बढ्यो बैंकहरूकाे निक्षेप, सिडी रेसियो कति ?

१ मंसिर, काठमाडाैं । एकै दिनकाे अवधिमा बैंकहरूकाे निक्षेप संकलन ३ अर्बले बढेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक २८ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब ६५ अर्ब रूपैयाँ रहेकाे थियाे । एकै दिनमा बैंकहरूकाे निक्षेप संकलन ३ अर्बले बढेर कार्तिक २९ गते मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप पुगेकाे छ । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि २ अर्बले बढेर ४५ खर्ब ४८ अर्ब पुगेकाे छ ।

याे अवधिमा वाणिज्य बैंकहरूको कर्जा लगानी भने ४२ खर्ब १३ अर्ब रूपैयाँमा स्थिर रहेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ५७ अर्बमा झरेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.१५ प्रतिशतबाट घटेर ८७.०९ प्रतिशतमा पुगेकाे छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १३:०६