२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

याैन दूर्व्यवहारमा कारबाहीबारे हितबहादुर तामाङ माैन, पुष्प लामिछाने बोले

३० कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हितबहादुर तामाङको यौन दूर्व्यवहारको कारबाही काण्डबारे उनी स्वयं मौन रहे पनि नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने भने बोलेका छन । उनले नेकपा माओवादी केन्द्र नुवाकोटको लेटरप्याडको प्रयोग गर्दै यस बारेमा आफ्नो धारणा राखेका हुन ।

दैनिकीमा कार्तिक २ गते ‘हितबहादुर तामाङलाई यौन दूर्व्यवहारमा कारबाही गर्दा माओवादीभित्रै पीडित बनेका नेता’ शीर्षकमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै लामिछानेले उक्त कारबाहीको बारेमा ढाकछोपको प्रयास गरेका हुन । दैनिकीको नाममा पत्र लेख्दै बिना कारण र प्रमाण लामिछानेले खण्डनका नाममा हितबहादुर तामाङको बचाउको कोशिश गरेका छन । जबकी उक्त समाचारका बारेमा हितबहादुर तामाङ स्वयं भने माैन रहेका छन ।

हितबहादुर तामाङ तीनै नेता हुन जसले पञ्चकन्या गाउँपालिकाको वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ताको रकम चोरीको बारेमा दैनिकीमा समाचार प्रकाशित भएको २४ घण्टा पनि नबित्दै घटनाको बचाउमा सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बचाउको प्रयास गरेका थिए ।

यो पनि पढ्नुहोस्, 

नुवाकोट माओवादीमा बिद्रोहः हितबहादुर विरूद्ध सामाजिक सञ्जालमै ‘मुर्दावाद !’ काे नारा

कागसँग तुलना गरेर कार्यकर्तालाई कारवाहीको चेतावनी दिएका हितबहादुर बिद्रोहको संख्याले डराए

बृद्ध भत्ता चोरीमा संलग्नको प्रतिरक्षामा माओवादी नेता हितबहादुरको विज्ञप्ति

पत्रकारिताको स्थापित मान्यतामा प्रकाशित समाचारमा चित्त नबुझेमा वा आफ्नो कुरा राख्न चाहेमा सम्बन्धित व्यक्तिले त्यस प्रक्रियामा स्वभाविक रूपमा स्थान पाउँछ । तर यस समाचारका सम्बन्धमा जुन पात्रको बारेमा चर्चा गरिएको छ उनी भने मौन रहेका छन तर असम्बन्धित व्यक्तिले पार्टीको लेटरप्याडनै प्रयोग गरेर यौन दूर्व्यवहारमा कारबाहीमा परेको कुराको बचाउ गर्ने प्रयास गरेका छन ।

वि.सं. २०५३ सालमा पार्टीभित्रकै दुई सहकर्मी माथि हितबहादुरले यौन दूर्व्यवहार गरेपछि उनीमाथि तत्कालीन नेकपा माओवादीले कारबाही गरेको थियो । तामाङलाई जिल्ला सेक्रेटरीबाट हटाएर रसुवाको यार्सामा रहेको श्रम शिविरमा पठाइएको थियो । हितबहादुर माथि कारबाही भएपछि माओवादीले हिरानाथ खतिवडालाई जिल्ला सेक्रेटरी बनाएको थियो । जुन कुरा तत्कालीन जिल्ला कमिटी सदस्य एवं कारबाही प्रक्रियामा सहभागी भएका शम्भु पनेरूले दैनिकीसँगको कुराकानीमा बताएका थिए । 

तत्कालीन माओवादीको सात सदस्यीय जिल्ला कमिटीले गरेको निर्णय अनुसार हितबहादुर कारबाहीमा परेका थिए भने हिरानाथ खतिवडा त्यसपछि पार्टीको प्रमुख जिम्मेवारीमा पुगेका थिए । हितबहादुरलाई त्यस समयमा कारबाही गर्दा आफूलाई पार्टीभित्र पछि पारिएको गुनासो शम्भु पनेरूको रहेको छ । त्यतिखेरको माओवादीको जिल्ला कमिटीमा हितबहादुर तामाङसहित हिरानाथ खतिवडा, नवराज अधिकारी, चन्द्रकान्त पौडेल, शम्भु पनेरू, धर्मराज अधिकारी र रेखा भण्डारी लगायत रहेका थिए ।

प्रकाशित मिति : November 16, 2022 at 9:57 pm