निफ्राकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
३० कार्तिक, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३० गते) अन्तिम दिन रहेको छ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि मंसिर १ गते, बिहीबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३० गते, बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि शुरु हुनेछ। सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने छ ।
प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १३:०३












