बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको नाफामा पहिरो, ईपीएस पनि ऋणात्मक
३० कार्तिक, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेकाे उक्त वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको नाफामा व्यापक गिरावट आएको देखिन्छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७३ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।
लघुवित्तले सार्वजनिक गरेकाे उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्था १० लाख ३० हजार रुपैयाँ घाटामा रहेकाे छ । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो। समीक्षा अवधिमा संस्थालाई १ करोड ३२ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन थियो।
त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने १६ प्रतिशतले बढेर ९ करोड ४५ लाख ११ हजार रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी १६ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ५८ पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा रहेको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ०९:४९












