कतिमा भयो सिक्लेस हाइड्रोपावरको पहिलो कारोबार?
२९ कार्तिक, काठमाडाैं । स्पेशल प्रि ओपन सेसनमा मंगलबार सिक्लेस हाइड्रोपावरको पहिलो कारोबार भएको छ। प्रि ओपन सेसनमा कम्पनीकाे सेयर प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।
हिजाे कार्तिक २८ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे ८५ लाख कित्ता सेयर सूचीकृत भएको थियो। नेप्सेले सिक्लेस हाइड्रोपावरलाई न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधार यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। यस दिन कम्पनीको एसआईकेएलईएस संकेतमा कारोबार भएको हो।
प्रकाशित मिति : November 15, 2022 at 11:07 am


