२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मुलुकको समृद्धि र बिकासको लागि एमालेको नेतृत्वको आवश्यकः कृष्णबहादुर राइ

२८ कार्तिक, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ३ का नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णबहादुर राइले मुलुकको समृद्धि र बिकासको लागि एमालेको नेतृत्वको आवश्यक रहेको बताएका छन् ।

सोमबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजित घरदैलोका क्रममा उनले एमालेले मुलुकको हित, राष्ट्रियता र बिकासका लागि धेरै काम गरेकाले अव पनि एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । नाकाबन्दीका बेला भारतसंग आवाज उठाउने र नेपालको चूच्चे नक्साका साथै सुरुङमार्गको कामको सुरुवात गर्ने केपी ओली मात्रै भएको उनले बताए ।

एमालेले राष्ट्रियताका लागि काम गरेकाले नै ओली नेतृत्वको सरकार हटाइएको उनको भनाई छ । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् जसमा नेपाली काँग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् ।

प्रकाशित मिति : November 14, 2022 at 5:06 pm