अब एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सक्छः इश्वर पोखरेल
२८ कार्तिक, काठमाडाैं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सकिने बताएका छन् ।
सोमबारका काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले मुलुकको राष्ट्रियता र बिकास तथा समृद्धिका लागि एमालेले काम गरेको भन्दै अव एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सक्ने बताएका हुन् ।

उनले अहिले सिद्धान्तहिन, उदेश्य बिहीन र गन्तव्य बिहिन गठबन्धन एकातिर र मुलुकको राष्ट्रियताको रक्षा गर्ने एमाले अर्कोतिर रहेकाले एमालेले नेतृत्व गरेको राजनीतिक ध्रुवको वरिपरि गोलबन्द हुनुपर्ने बेला आएको जिकिर गरे ।
पोखरेलले अव नेकपा एमालेको बिकल्प अरु राजनीतिक शक्तिहरु हुन नसक्ने बताए । त्यस्तै पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुको राजनीतिक र सांगठानिक जीवनको सुनिश्चितता एमालेले गर्ने धारणा राखे ।
प्रकाशित मिति : November 14, 2022 at 4:58 pm









