६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

१३ अर्ब ८५ कराेडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक, बाेलकबाेल आजै

२८ कार्तिक, काडमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनकाे अवधिकाे लागि ऋणपत्र बिक्री गर्न लागेको हाे ।

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर २७ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ९ अर्ब ८५ कराेड ५० लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०८० साल जेठ २ गते परिपक्क हुनेछ ।

याे ट्रेजरी बिल आज कार्तिक २८ गते, साेमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि कार्तिक २९ गते, मंगलबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १२:३५