१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सञ्चालन आम्दानी घट्दा पनि ३१.९४ प्रतिशतले बढ्यो शिवम् सिमेन्ट्सको नाफा

२८ कार्तिक, काठमाडाैं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेकाे उक्त विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले २७ करोड ४७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । यो गत आर्थिक वर्षको साेही अवधिको तुलनामा ३१.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साेही अवधिमा कम्पनीले २० करोड ४२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३०.४६ प्रतिशत घटेर १ अर्ब ५३ करोड ४५ लाख रूपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने २०.०३ प्रतिशतले बढेको छ । सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी बढेकाे र खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो ।

याे अवधिमा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५३ करोड ४५ लाख रूपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेकाे छ ।

प्रकाशित मिति : November 14, 2022 at 11:55 am