२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

साेमबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२८ कार्तिक, काठमाडाैं ।  साताको दोस्रो काराेबार दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो।

साेमबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : November 14, 2022 at 10:54 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/