७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

लाभांश पारित गर्न युनिलिभर बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?


२८ कार्तिक, काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि प्रस्ताव गरेको १२१५ रुपैयाँ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । सभाले कम्पनीको नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरु पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर ४ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै  लाभांश पाउनेछन् र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १०:३१