१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?
२७ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्ने भएकाे छ । राष्ट्र बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिलको बोलकबोल भोलि कार्तिक २८ गते गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ।
याे मंसिर २७ गते परिपक्व हुनेछन्। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे फागुन २ गते परिपक्व हुनेछन्। साथै बैंकले १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। याे २०८० जेठ २ गते परिपक्व हुनेछन्।
याे ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १६:३५












