एमालेले चुनाव जित्ने अध्यक्ष ओलीको दाबी
२७ कात्तिक ,सुर्खेत/भेरीगङ्गा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उहाँले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै निर्वाचन नभएको बताए।
मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको बताए । उनले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको बताए।
प्रकाशित मिति : November 13, 2022 at 6:33 pm









