प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
२७ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक घटेर १८९२.९४ विन्दुमा झरेको छ।
आइतबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख २४ हजार ५७९ रुपैयाँ बराबरको २२२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 13, 2022 at 11:13 am


