२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

आगामी निर्वाचन पछि राष्ट्रपति परिवर्तन गरेर नागरिकता विधेयक पास हुन्छः नेता शाह

२५ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं रुपन्देही क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत शाहले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई रोकेर धेरै नागरिकहरुलाई नागरिकता विहिन पारेको आरोप लगाएका छन् ।

रुपन्देही क्षेत्र नं.५ को सैनामैनामा घरदैलौ गर्ने क्रममा बौल्दै शाहले राष्ट्रपति भण्डारी पदमा रहुन्जेल नागरिकता विधेयक रोकेर राख्ने भन्दै आगामी निर्वाचन पछि राष्ट्रपति परिवर्तन गरेर नागरिकता विधेयक पास गर्ने बताए ।

शाहले केपी ओलीले दुई दुई संसद भंग गरेर जनताको मतको अपमान गरेकाले अब एमालेलाई मत दिन नहुने तर्क गरे । शाहले केपी ओलीबाट प्रजातन्त्र,लोकतन्त्रको रक्षा नहुने भन्दै ओली गणतन्त्र,संघियताको विरोधी रहेको तर्क गरे

रुपन्देही रुपन्देही क्षेत्र नं.५ मा गठबन्धनका तर्फबाट कांग्रेसका भरत कुमार शाह र नेकपा एमालेका तर्फबाट बासुदेव घिमिरे चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : November 11, 2022 at 3:07 pm