संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धनः अध्यक्ष प्रचण्ड
२५ कार्तिक, गाेरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गरे ।
उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो । उनले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताए ।
प्रकाशित मिति : November 11, 2022 at 2:40 pm









