प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता भङ्ग भयाेः अध्यक्ष ओली
२५ कार्तिक, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुखहरु लिएर अब सरकार नबनाउने बताए । नेकपा (एमाले) झापा निर्वाचन क्षेत्र नं ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकठाउँमा बस्नै नसक्ने प्रचण्डको चुलबुले बानीका कारण नेकपाको एकता भङ्ग भएको बताए ।
पार्टी एकीकरण गरिसकेपछि एकतावद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा प्रचण्डले केही कार्यकर्तालाई अल्मलाएर आफैसँग लगेको उनको भनाई थियो । अध्यक्ष ओलीले एमालेको देश बनाउनेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन नेपाली काँग्रेस र माओवादीका नेताकार्यकर्तालाई आग्रह गरे ।
प्रकाशित मिति : November 11, 2022 at 11:20 am









