६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

भक्तपुर २ मा महेश बस्नेतलाई लौरोको समर्थन, लोकेन्द्र पोखरेलको उम्मेदवारी निष्क्रिय

२४ कार्तिक, काठमाडाैं । स्वतन्त्र उम्मेदवारले आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । भक्तपुरमा आयोजना एक कार्यक्रमकाबिच भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा तर्फ लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसीर ४ गतेको निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई आव्हान गरे ।

उनले भने, “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो, उनको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो ।”

पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्व सांसद एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ उनले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुरमा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताए ।

पोखरेलको चुनाव चिन्ह लौरो लिँदै बस्नेतले लौरो अभियन्तासँगै स्वतन्त्र अभियन्ताहरुसँग आफ्नो सहयात्रा सुरू भएको बताए । उनले महेश बस्नेतलाई टाढाबाट सुनेर होइन भक्तपुरको विकास हेरेर मान्छेले बुझ्नुपर्ने बताए ।

प्रकाशित मिति : November 10, 2022 at 2:43 pm