६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

३० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

२४ कार्तिक, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज कार्तिक २४ गते बिहीबार  ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल साेझै खरिद गर्ने भएको छ ।ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागि हुन सक्नेछन्। ट्रेजरी बिल्स भाेलि (कार्तिक २५ गते, शुक्रबार) खरिद गरिनेछ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी २०७९ चैत मसान्तसम्म तोकिएको छ। काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ । बोलकबोलमा संलग्न काउण्टरपार्टीले आज बिहिबार दिनको २:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १२:२६