२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

२३ कात्तिक, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गरे । उनले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताए ।

प्रकाशित मिति : November 9, 2022 at 6:34 pm